Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

कास्कीका कांग्रेस नेता-कार्यकर्ता रिसले चुर,पार्टी कार्यालयमा लगाए ताला

कास्कीका कांग्रेस नेता-कार्यकर्ता रिसले चुर,पार्टी कार्यालयमा लगाए ताला

  • 3.0K
    SHARES

  • कास्कीका कांग्रेस नेता-कार्यकर्ता रिसले चुर,पार्टी कार्यालयमा लगाए ताला

    कास्की,बैसाख ७ । ।

    कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको हाे । 

    नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

    अब कसरी अगाडि बढ्ने भन्ने विषयमा महानगर कमिटी, वडा कमिटी र पदाधिकारीको बैठक दिउँसो एक बजे बोलाइएको उनले जानकारी दिए ।केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताए ।

    पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो ।

    नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology