Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसबाट गुल्मी धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्र भण्डारी सर्वसम्मत उम्मेदवार

कांग्रेसबाट गुल्मी धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्र भण्डारी सर्वसम्मत उम्मेदवार

  • 3.7K
    SHARES

  • कांग्रेसबाट गुल्मी धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्र भण्डारी सर्वसम्मत उम्मेदवार

    बुटवल,बैसाख ७ ।

    नेेपाली कांग्रेसले गुल्मी धुर्कोट गाँउपालिका प्रमुखका लागि महेन्द्र प्रसाद भण्डारीलाई चयन गरेको छ ।  नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष  एबम  महाधिवेशन प्रतिनिधि भण्डारी कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रुपमा चयन भएका हुन । 

    गाउँपालिकाको बैठकले भण्डारीलाई सर्वसम्मत चयन गरेको पालिका सभापति हरि बहादुर थापाले नागरिक अनलाइनलाई जानकारी दिए । उनले भने -‘भण्डारी कांग्रेसका निमित्त आफ्ना ब्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र बिकासमा उनले दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले सर्वसम्मत निर्णय गर्यौँ ।’

    भण्डारी कांग्रेसमा मात्र नभई अन्य दलसंग पनि लोकप्रिय नेताका रुपमा पहिचान बनाएका नेता हुन् । निरन्तर राजनीतिमा सकृय भण्डारी स्थानिय र राष्ट्रिय स्तरमा परिचित नेता हुन् । 

    २०७४ को स्थानीय निर्वाचनमा कांग्रेस-माओवादीको गठबन्धनबाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology