Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एकीकृत समाजवादी घोषणापत्र : आफूले जितेका स्थानीय तहमा निःशुल्क स्वास्थ्योपचार

एकीकृत समाजवादी घोषणापत्र : आफूले जितेका स्थानीय तहमा निःशुल्क स्वास्थ्योपचार

  • 2.3K
    SHARES

  • एकीकृत समाजवादी घोषणापत्र : आफूले जितेका स्थानीय तहमा निःशुल्क स्वास्थ्योपचार

    बुटवल,बैसाख ७ ।

    नेकपा एकीकृत समाजवादीले मंगलबार गरेको निर्वाचन घोषणापत्रमा आगामी स्थानीय तह निर्वाचनमा आफूले जितेका स्थानमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्ने जनाएको छ ।

    ‘स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ,’ घोषणापत्रमा उल्लेख छ ।

    स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने नेकपा एसले जनाएको छ ।

    ‘जटिल खालका शल्यक्रियाहरू जस्तै– मुटु , मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ,’ घोपाणापत्रमा लेखिएको छ ।

    स्वास्थ्योपचारसम्बन्धी स्थानीय ज्ञान र सिपको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पुर्याउनु स्थानीय सरकारको प्रमुख कर्तव्य हुने पनि नेकपा एसले जनाएको छ ।

    ‘पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्नेछन् । यसबाट एकातिर दूर–दराजका जनताले पनि घरआगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् भने अर्कोतिर स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ,’ घोषणापत्रमा भनिएको छ ।

    जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिङ, टेली मेडिसिनका साथै टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी औषधि र जनशक्तिको उचित व्यवस्था गरिने प्रतिवद्धता घोषणापत्रमा गरिएको छ ।

    सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने नेकपा एसले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology