Logo बुधवार, श्रावण १३ गते २०८३
images

फेरि उम्मेदवार हुन चाहने जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

फेरि उम्मेदवार हुन चाहने जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

  • 2.1K
    SHARES

  • फेरि उम्मेदवार हुन चाहने जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

    बुटवल,बैसाख ६ ।

    स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएमात्रै उम्मेदवारी दिन पाउने भएका छन् ।  मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आचारसंहिताविरुद्ध सर्वोच्चमा दायर भएको रिट निवेदन खारेज गरेको हो। 

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चैत ७ गते सर्वोच्चमा दायर गर्नुभएको रिट निवेदन न्यायाधीशद्वय केसी र श्रेष्ठको संयुक्त इजलासले खारेज गरेको हो।  स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था यथावत रहने भएको छ । 

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अध्यक्ष/मेयरले उपाध्यक्ष/उपमेयरलाई र उपाध्यक्ष/उपमेयरले अध्यक्ष/मेयरलाई राजीनामा दिनुपर्ने व्यवस्था छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology