Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी समाज अष्ट्रेलियाले मनायो नयाँ वर्ष

गुल्मी समाज अष्ट्रेलियाले मनायो नयाँ वर्ष

  • 2.3K
    SHARES

  • गुल्मी समाज अष्ट्रेलियाले मनायो नयाँ वर्ष

    सिड्नी,बैसाख ६ ।

    गुल्मी समाज अष्ट्रेलियाले सिड्नीको ब्लायक मस्कट पार्कमा नेपाली नयाँ वर्षका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

    नयाँ वर्ष २०७९ को अवसरमा आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

    शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना दिनुहुने अतिथीहरुले नेपाली कला, संस्कृति, संस्कार र मूल्य मान्यतालाई आत्मसाथ गर्दै समाजको अगुवाईमा भएको कार्यक्रमले विदेशमा बसेपनि नेपाली परिवेशमा पुगेको महशुस गराएको बताउनुभयो ।

    समाजका अध्यक्ष कमला बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले नेपाली पन र मनलाई अष्ट्रेलियामा बसेपनि विर्सन नहुने बताउनुभयो यसैगरी संस्थाका सल्लाहाकार भिम खरेल, श्याम खत्री लगायतले शुभकामना व्यक्त गुर्नभएको थियो ।

    कार्यक्रममा रूपन्देहि सामाजिक संन्जालका निवर्तमान अध्यक्ष इश्वर पोखरेल, बाग्लुङ समाजका सल्लाहाकार हिरा कँडेल र नेपालबाट अष्ट्रेलिया आउनु भएका आफन्तजनहरु तथा एभरेष्ट कम्युनिकेसनका प्रोपराइटर एवं प्रतिष्ठित व्यवसायी युवराज भहराईको पनि सहभागिता रहेको थियो ।

    कार्यक्रममा उपस्थित सबैलाई संस्थाका उपाध्यक्ष चतुर्भुज खरेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव युवराज भण्डारीले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology