Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल मेयर : कांग्रेसले सर्बसहमत पठायो खेलराज पाण्डेयको नाम,उपमेयरमा ८ जना

बुटवल मेयर : कांग्रेसले सर्बसहमत पठायो खेलराज पाण्डेयको नाम,उपमेयरमा ८ जना

  • 7.0K
    SHARES

  • बुटवल मेयर : कांग्रेसले सर्बसहमत पठायो खेलराज पाण्डेयको नाम,उपमेयरमा ८ जना

    बुटवल,बैसाख ६ ।

    नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको प्रमुख(मेयर) पदको उम्मेद्वारमा खेलराज पाण्डेयलाई सर्वसम्मत सिफारिस गरेको छ । उपप्रमुख (उपमेयर) मा भने ८ जनाको नाम नगर समितिको बैठकले जिल्ला कार्यसमितिलाइ पठाएको हो ।

    बुटवलमा कांग्रेस नगर कार्यसमितिको बैठकले १९ वटै वडाका सभापतिसहित कुल ७३ जनाको उपस्थितीमा बिधानसम्बत नाम जिल्लालाइ पठाइएको नगर सचिव छाया पोखरेलले नगरिक अनलाइनलाई बताउनुभयो ।

    यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन,जमुना ढकाल, रिता केसी,रिता सेन ओली, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।

    नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । एकल नाम सिफारिस भएकाले मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेद्वारी निश्चित भएको सचिव पोखरेलले बताउनुभयो । पाण्डेयसँगै कांग्रेसबाट क्षेत्र न २ का क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंह,चुन्नु पौडेल लगायत पनि मेयरका आकांक्षी हुनुहुन्थ्यो ।

    उम्मेदबार सिफारिस हुनुभएका पाण्डे हाल पार्टीका नगर सभापतिसमेत हुनुहन्छ  उहाँ अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित हुनुभएको थियो  ।

    नेकपा एमालेले बुटवलबाट अहिलेका मेयर शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सावित्रा अर्याल,सूर्यबहादुर भट्टराई, र रामप्रसाद रेग्मीको नाम सिफारिस गरेको छ ।

    अन्य पार्टीले उम्मेदबार टुंगाएका छैनन् ।

    को हुन् खेलराज पाण्डेय ?

    नाम – खेलराज पाण्डेय
    जन्म – बिस २०२६ फागुन ५ गते
    बुबा -लिलाबल्लभ पाण्डेय
    आमा – तारादेबी पाण्डेय
    स्थान – साबिक आलमदेबी २ हाल कालिगण्डकी २
    श्रीमती -सीता भट्टराइ (पाण्डेय)
    छोरा -अभिषेक पाण्डेय
    शिक्षा -स्नातकतह
    घर – बुटवल ८ सुख्खानगर रुपन्देही
    राजनीति-२०३९ बाट आरम्भ
    – आदर्श माबि स्याङजा नेबिसंघ सदस्यता बिस २०३९
    -जनता माबि पाल्पा जेभिटी नेबिसंघ समिति २०४०
    -त्रिबिमा बिज्ञान संकाय पाल्पा इकाइ २०४३
    -अमृत साइन्स क्याम्पस काठमाडौं नेबिसंघ सचिब २०४४—२०४६
    -२०४७ बुटवल बहुमुखी क्याम्पस नेबिसंघ उपसभापति
    -२०५२ नेबिसंघ सचिब रुपन्देही
    -२०५९ तरुण दल जिल्ला अध्यक्ष
    -२०६० तरुण दल केन्द्रिय सदस्य
    -२०६७ मा नेपाली कांग्रेस नगर सभापति बुटवल
    -२०७२ नगर बिकास समिति बुटवलको अध्यक्ष
    -२०७२ नेपाली कांग्रस बुटवल उपमहानगर समितिको सभापति (अहिले तेस्राे कार्यकाल ) काम गरेको अनुभब पाण्डेयसंग छ । उनका बुबाको पालामा २०३८ सालदेखि  बुटवलमा झरेका पाण्डेयको पहिचान ग्रासरुटमा सबैभन्दा बलियो छ ।

    उनलाइ आम नागरिकले लोभलालच रहित ,सामान्य परिवार,सरल र प्रष्ट बक्ताको रुपमा चित्रित गर्ने गरेका छन् । उनी  बुटवलका सबै नागरिकका दुख सुखमा सहभागि उनी हुने गरेका छन् ।

    याे पनि :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology