बुटवल,बैशाख ६ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई उठाउने भएको छ । उहांको नाम पार्टीले उम्मेद्वार सिफारिस गरेको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खांणले जानकारी दिनुभयो ।
उम्मेदवार खांन केही वर्ष अघि राप्रपामा हुनुहुन्थ्यो । सिद्धार्थनगरमा उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको खांणले बताउनुभयो ।
यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस भैसकेको छ ।
भने राप्रपाले भने पूर्व मेयर सागरप्रताप राणाको नाम लगभग फाइनल नै गरेको छ तर घोषणा भने गरेको छैन ।
खानले निर्वाचन जित्ने प्रशस्तै आधार भएकाले टिकट दिइएको काँग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिष बहादुर खड्काले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)