बुटवल,बैशाख ६ ।
राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बैशाख ८ गते हुने आमसभाको तयारी पुरा भएको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि आम सभाको तयारी पूरा भएको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताए ।
पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएपछिको बुटवलमा पहिलो सभा हुन लागेको उनले बताए ।
राप्रपामा अधिकास युवा नेतृत्वमा आउदा आकर्षक बढेको दाबी गर्दै अबको राप्रपा नै राष्ट्रिय पार्टीको रुपमा रहेको उनले दाबी गरे ।
प्रदेशमा निर्वाचनको विषयमा राप्रपा केन्द्रबाट निर्णय हुने तर्क गर्दै स्थानिय निर्वाचनमा एकल उम्मेदवारी दिने बताए ।
राप्रपाका सल्लाहकार समितिका केन्द्रिय अध्यक्ष तथा पुर्वमन्त्री निरन्जन थापाले यो संविधानलाई आलोचनात्मक समर्थन गरेको भन्दै संविधानमा पार्टीहरुको आआफ्नो एजेण्डा राखिएको बताए ।
भष्ट्राचारले किलो गाडेको दुखेसो गर्दै उनले राप्रपा नेतृत्व परिवर्तन गरेको हुदा पनि आम जनमानसमा लोकप्रियता बढेको दाबी गरे । काग्रेस, एमालेको एजेण्डा नरहेको भन्दै राप्रपासंगमात्र अल्पकालिन र दिर्घकालिन एजेण्डा रहेको दाबी गरे। पार्टीले हिन्दुराष्ट्र, संवैधानिक राजतन्त्र र भष्ट्राचारबाट देश आक्रान्त भएकाले यसको न्युनिकरण जस्ता प्रमुख एजेन्डा लिएर अघि बढेको उनले बताए ।
कार्यक्रममा केस तोयनाथ लम्साल, रुपन्देही जिल्ला प्रवक्ता पुनाराम पोखरेल, नगर अध्यक्ष निरजप्रताप राणाले नया शक्तिको रुपमा राप्रपाको विकल्प नभएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)