Logo बिहिवार, आश्विन १ गते २०८३
images

पल शाह प्रकरणः पीडित नाबालिकाले फेरिन् बयान

पल शाह प्रकरणः पीडित नाबालिकाले फेरिन् बयान

  • 2.5K
    SHARES

  • पल शाह प्रकरणः पीडित नाबालिकाले फेरिन् बयान

    बुटवल,बैशाख ४ ।

    जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका कलाकार पल शाहविरुद्ध पीडित भनिएकी नाबालिगले तनहुँ जिल्ला अदालतमा बयान फेरेकी छिन्। 

    उनले शाहले बलात्कार नगरेको र अरुको उक्साहटमा निवेदन दर्ता गराएको बताइन् ।

    तनहुँ अदालतमा आइतबार भएको बकपत्रमा पीडितले बयान फेरेकी हुन्।  जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन्। 

    अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ। गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। 

    तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले पल शाह प्रकरणमा आज बकपत्र लिने काम भएको जानकारी दिनुभयो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology