बुटवल,भदौ १५-
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। होम आइसोलेसनमै बसेकी तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे।
भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)