अछाम,वैशाख ४ ।
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरे पनि नेपाली कांग्रेस अछामका तीन पालिकाले अस्वीकार गरेका छन् ।
साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।
कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसको जनाधारको कदर हुने गरी निर्णय लिइएको बताए ।
तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)