Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भरतपुरका ५० जना काँग्रेस नेता कार्यकर्ताले  दिए सामूहिक राजीनामा

भरतपुरका ५० जना काँग्रेस नेता कार्यकर्ताले  दिए सामूहिक राजीनामा

  • 2.2K
    SHARES

  • भरतपुरका ५० जना काँग्रेस नेता कार्यकर्ताले  दिए सामूहिक राजीनामा

    भरतपुर,वैशाख ४ । 

    स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।

    भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा माओवादी केन्द्रलाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

    काँग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।

    पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

    उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology