Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार भण्डारीले दिए प्रेस चौतारीको कल्याणकारी कोषका लागि ५० हजार

पत्रकार भण्डारीले दिए प्रेस चौतारीको कल्याणकारी कोषका लागि ५० हजार

  • 2.1K
    SHARES

  • पत्रकार भण्डारीले दिए प्रेस चौतारीको कल्याणकारी कोषका लागि ५० हजार

    बुटवल,बैशाख ३ । 

    नेपाल–अमेरिका पत्रकार महासंघ (नेजा) का महासचिव सुरज भण्डारीले प्रेस चौतारी नेपाल रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोषका लागि ५० हजार रुपैँया प्रदान गरेका छन् ।

    बुटवलमा लामो समय पत्रकारिता गरेर हाल अमेरिकामा बसोबास गर्दै आएका भण्डारीले कोषका लागि रकम प्रदान गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीको पुर्व सहसचिव एवं बुटवल टुडे दैनिकका पुर्व सम्पादक समेत हुन् ।

    उनले पत्रकारहरुको हकहितका लागि चौतारीले कल्याणकारी कोष स्थापना गरेकोमा खुशी प्रकट गर्दै ५० हजार रुपियाँ प्रदान गरेका हुन् । प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलमार्फत कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गरिएको हो ।  उनले पत्रकारहरुको हक हित र पेशागत सुरक्षाका लागि जिम्मेवार भएर लाग्न र रचनात्मक काममा सक्रिय हुन सुझाव दिए ।

    प्रेस चौतारी रुपन्देहीका अध्यक्ष पौडेलले संगठनको कल्याणकारी कोषका लागि सहयोग गरेकोमा भण्डारीलाई धन्यवाद थिए । त्यस्तै प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य दिपु पोखरेल ज्ञवालीले पनि कल्याणकारी कोषका लागि २५ हजार पाँच सय रुपियाँ प्रदान गर्ने घोषणा गरेकी छन् । उनले कोष स्थापना गरेकोमा धन्यवाद दिंदै आफूले सहयोग गर्ने बताएकी हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology