Logo बिहिवार, आश्विन १ गते २०८३
images

एनएमबि बैंक लुम्बिनी प्रदेशद्वारा बुटवलमा सम्पदा यात्रा

एनएमबि बैंक लुम्बिनी प्रदेशद्वारा बुटवलमा सम्पदा यात्रा

  • 2.6K
    SHARES

  • एनएमबि बैंक लुम्बिनी प्रदेशद्वारा बुटवलमा सम्पदा यात्रा

    बुटवल,बैशाख ३ ।

    एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशले सम्पदा यात्रा २०२२ कार्यक्रम सम्पन्न गरेको छ ।  बिश्व सम्पदा दिवस-२०२२को अवसरमा एनएमएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीको सहभागीमा हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

    करिब १५० जना कर्मचारीको सहभागीता रहेको कार्यक्रममा सहभागीले सम्पदा संरक्षण गरौँ, सम्पदा जोगाऔँ लगायतका नाराहरु रहेका प्लेकार्डहरु बोकेका थिए ।

    बुटवल ट्राफिकचोक स्थित एनएमबि बैकको कार्यालयबाट  शुरु भएको पदयात्रा बुटवलको राममन्दिर लाइन, अमरपथ, हाटबजार, पुलचोक, पारी बुटवल हुदै ऐतिहासिक किल्ला जितगढीमा गएर बिसर्जन  भएको थियो । कार्यक्रममा बोल्दै एनएमबि  बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्व एवं जानकारी गराउने उद्धेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले पदयात्रा  कार्यक्रम गरेको जानकारी दिनुभयो ।

    nmba.jpg

    उहाँले  प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सस्कृतिलाइ महत्त्व दिदै तिनाउ नदिको तटमा अबस्थित ऐतिहासिक  जितगढि किल्लामा मौलिक बाजगाजाको साथमा पदयात्रा गरिएको बताउनुभयो ।

    कार्यक्रममा एनएमबि बैंकले जितगढि संरक्षण समितिलाइ डस्टबिन, नेपालको राष्ट्रिय झन्डा, ऐतिहासिक दृश्य झल्काउने फोटोफ्रेम९ तस्वीरहरु० र मायाको चिनो हस्तान्तरण गरेको थियो । कार्यक्रममा प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु युवराज पाठक, प्रभात सिंह खाती, संचालक प्रबन्धक सुन्दर थापा लगायत लुम्बिनी प्रदेशका शाखाका प्रबन्धक एवं कर्मचारीहरुको सहभागीता रहेको थियो ।

    एनएमबि बैंकले २०१७,२०१८, २०१९, २०२१ मा बैंक अफ द इयर नेपाल  तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology