Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जसपाले रुपन्देहीको सिद्धार्थनगरमा गठबन्धन नगर्ने

जसपाले रुपन्देहीको सिद्धार्थनगरमा गठबन्धन नगर्ने

  • 2.0K
    SHARES

  • जसपाले रुपन्देहीको सिद्धार्थनगरमा गठबन्धन नगर्ने

    बुटवल,वैशाख ३ ।

    जनता समाजवादी पार्टी जसपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । जसपा सिद्धार्थनगर समितिको शुक्रबार बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।

    पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नहुने भएकाले गठबन्धन नगर्ने बताए । जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ ।

    त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयलाई पत्र पठाइएको  छ । रुपन्देहीको सिदार्थनगर नगरमा  २०७४ सालको स्थानीय चुनावमा एमाले जितेको थियो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology