Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनसेवा एकताको भलिवल :उपाधी सैनामैना २ को कब्जामा

जनसेवा एकताको भलिवल :उपाधी सैनामैना २ को कब्जामा

  • 2.4K
    SHARES

  • जनसेवा एकताको भलिवल  :उपाधी सैनामैना २ को कब्जामा

    बुटवल,वैशाख ३ ।

    सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको जनसेवा एकता युवा क्लबले आयोजना गरेको भलिबल प्रतीयोगीताको उपाधी वडा नम्बर २ ले हात पारेको छ ।

    फाइनल प्रतीस्पर्धामा सैनामैना ९ लाइ शानदार पराजीत गर्दै २ ले उपाधी हत्याएको हो।  उपाधी बिजेता टोलीले नगद १५ हजार ट्रफी , मेडल, तथा प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने टिमले ८ हजारमा चित्त बुझाएको छ ।

     क्लबका अध्यक्ष बालकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरीक तथा समाजसेबी मनकला ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो भने सन्चालन थानेश्वर पन्थिले गरेका थिए । कार्यक्रममा क्लबलाइ बिभिन्न हिसाबले सहयोग गर्ने सहयोगी दाताहरुलाइ समेत सम्मान गरिएको क्लब कृष्ण  गौतम क्षेत्रीले बताए । 

    स्थानीयस्तरको क्लब भइकन पनी खेलकुदका बिबिध कार्यक्रमलाइ निरन्तरता दिने अध्यक्ष पौडेलले प्रतीबद्धता जनाएका थिए ।

    समापन कार्यक्रममा क्लबल स्थापनाकालदेखी क्लबलाइ हरेक तवरले सहयोग  गर्दै आइरहेका दिंवगत सदस्यका परीवारलाइ बिशेष योगदानको दोसल्ला ओडाएर सम्मान गरेको कार्यक्रम सन्चालक थानेश्वर पन्थिले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology