दाङ,बैसाख ३।
दाङमा ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
रा १ त ३७० नम्वरको ट्याक्टर गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा दुर्घटना भएको हो ।
घाइतेमध्ये गम्भीर १२ जनालाई थप उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)