Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा गठबन्धनले बैशाख ६ भित्रै भागवण्डाको टुंगो लगाउने

लुम्बिनीमा गठबन्धनले बैशाख ६ भित्रै भागवण्डाको टुंगो लगाउने

  • 2.5K
    SHARES

  • लुम्बिनीमा गठबन्धनले बैशाख ६ भित्रै भागवण्डाको टुंगो लगाउने

    बुटवल,बैशाख २ ।

    लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले बैशाख ६ गते भित्र भागवण्डाको टुंगो लगाउने भएको छ । आज बुटवलमा बसेको प्रदेश स्तरिय पाँच दलीय गठबन्धनको बैठकले प्रदेशका १०९ वटै स्थानीय तहमा भागवण्डाको टुंगो लगाउँनको  लागि जिल्लाहरुलाई निर्देशन दिएको छ ।

    बैठकले ४ गतेभित्र जिल्लाहरुले सहमतिमा भागबण्डाको टुंगो लगाएर  प्रदेशमा जानकारी दिने निर्णया गरेको हो । कुन दललाई कुन पालिका दिने भन्ने जिल्लामा सहमति गराउने र बैशाख ६ गते भित्र भागवण्डा सकिने नेताहरुले जानकारी दिएका छन । यस्तै सहमति हुन नसकेमा   र नमिलेका विषयसमेत उल्लेख गरी प्रदेशलाई जानकारी गराउन  जिल्लालाई निर्देशन दिएको  नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिनु भयो ।

    यस्तै बैठकले केन्द्रीय निर्देशन अनुसार सबै जिल्लाहरुमा नेपाली कांग्रेसको समन्वय गर्नु पर्ने र संयन्त्रको बैठकमा ५ दलिय गठबन्धनहरुलाई उपस्थिती गराउनु पर्ने निर्णय गरेको छ  । बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति  अमर सिंह पुन , नेकपा माओबादी केन्द्रका प्रदेश अध्यक्ष सुर्दशन बराल , नेकपा एकीकृत समाजबादी प्रदेश अध्यक्ष मेटमणी चौधरी, जसपा प्रदेश अध्यक्ष अशोक कुमार यादब, राष्ट्रिय जनमोर्चाका बद्रे आलमको उपस्थिति रहेको  थियो । कांग्रेसले ८० स्थानीय तहको प्रमुख पदमा दाबी गरेको छ ।

    यस्तै नेकपा माओबादी केन्द्रले २०७ ४मा जितेका १९ स्थानीयतह सहित दोश्रो स्थानमा रहेका स्थानीय तहमा प्रमुख पदको दाबी गर्दै आएको छ । यस्तै नेकपा एकीकृत समाजबादीले २२ वटा स्थानीयतहको प्रमुख पदमा दाबी गर्दै आएको छ । यस्तै जसपा र जनमोर्चाले पहिले जितेका स्थानीय तह र दोश्रो भएका स्थानीय तहमा आफ्नो दाबी गर्दै आएका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology