Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी विकास कोषको सल्लाहकारमा सिद्धार्थ गुरुङ नियुक्त

लुम्बिनी विकास कोषको सल्लाहकारमा सिद्धार्थ गुरुङ नियुक्त

  • 2.3K
    SHARES

  • लुम्बिनी विकास कोषको सल्लाहकारमा सिद्धार्थ गुरुङ नियुक्त

    बुटवल,वैशाख २ ।

    रुपन्देहीका युवा व्यवसायी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त हुनुभएको छ । 

    कोषले उहाँलाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो । रुपन्देहीको बुटबल उपमहानगरपालिका ११ कालिकानगर निवासी उहाँ तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष हुनुहुन्छ । गुरुङ रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध हुनुहुन्छ । 

    सामाजिक सेवामा रुचि राख्नु हुने गुरुङले नियमित रुपमा असहायहरुका लागि सहयोग समेत गर्दै आउनुभएको छ । सल्लाहकार नियुक्ती भएपछि उहासँगको कुराकानीमा गुरुङले आफ्नो क्षेत्रको विकासका लागि थप क्रियाशिल भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

    उहाँले नेपाल वुद्ध जन्मेको देश हो भनेर विश्वमा चिनिएको यस ठाउँलाई अझै थप प्रचारप्रसारमा योगदान पुर्याउनुका साथै कोषलाई आवश्यक सरसल्लाह दिनमा कुनै कञ्जुस्याई नगर्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology