Logo मंगलवार, श्रावण १२ गते २०८३
images

समाचार संकलन गर्न इलाका पुगेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

समाचार संकलन गर्न इलाका पुगेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

  • 3.8K
    SHARES

  • समाचार संकलन गर्न इलाका पुगेका पत्रकारमाथि प्रहरीको दुर्व्यवहार

    बुटवल,चैत २ ।

    बुटवलमा प्रहरीले पत्रकारमाथि दुर्व्यवहार गरेको छ । समाचार संकलनको क्रममा रहेका पत्रकारहरूलाई प्रहरीले दुर्व्यवहार गरेको हाे ।

    रुपन्देहीको तिलोत्तमामा शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीय बासिन्दाले छानबिनको माग राखेर इलाका प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार माथि प्रहरीले अभद्र ब्यवहार गरेको हाे ।

    खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य ,सम्पादक दिनेश श्रेष्ठ,जागरण पोस्ट डटकमका सम्पादक विजय ज्ञवाली ,ग्लोबल आवाजका समाचार संयोजक डिबि सुस्लिङ,समतल अनलाइनका प्रबन्ध संचालक शन्तकुमार श्रेष्ठ लगायत अन्य सञ्चारकर्मीलाइ बुटवल प्रहरीले दुर्व्यवहार गरेको हो ।

    इलाका प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले दुर्व्यवहार गरेका हुन् । अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा पत्रकार सुस्लिङको मोवाइल खोस्दै घिमिरेले डिलिटको दबाब दिएका थिए ।

    सोही क्रममा खबरकुराका प्रबन्ध सम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए ।

    यता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले भने दुरभाग्यबस सो घटना घटना हुन पुगेको बताए । पत्रकारहरुको सूचना संकलन गर्न पाउनु अधिकार भएको बताउँदै प्रहरी प्रमुख केसीले उक्त घटनाले आफुलाई दुःखित बनाएको भन्दै माफि समेत माग्ने बताए ।

    यसै घटनालाइ लिएर पत्रकार महासंङ्घ रूपन्देहीले प्रेस बिज्ञप्ति निकालेर साे घटना हुनु दुखद भएको भन्दै पत्रकारमाथिको अभद्र ब्यवहारको निन्दा गर्दै घटनामा दाेषि प्रहरीलाइ कारबाहीको माग गरेको सचिव बिनाेद परियारले बताए । 

    fnj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology