Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1.7K
    SHARES

  • थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    बुटवल,चैत २ ।

    पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा कसैको मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ५५ जना निको भएका छन् भने हाल देशभर १ हजार ४३८ जना सक्रिय संक्रमित रहेका छन् ।जसमध्‍ये ४१९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार डण्ट पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology