Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आईपीएल : डबल सुपरओभरमा मुम्बईलाई पञ्जाबले हरायो

आईपीएल : डबल सुपरओभरमा मुम्बईलाई पञ्जाबले हरायो

  • 3.5K
    SHARES

  • आईपीएल :  डबल सुपरओभरमा मुम्बईलाई पञ्जाबले हरायो

    बुटवल,कार्तिक ३ -

    इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जाबले मुम्बई इन्डियन्सलाई डबल सुपर ओभरमा पराजित गरेको छ । यसअघि दुई टोलीबीच खेलिएको पहिलो सुपर ओभर पनि बराबरीमा सकिएको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले प्रस्तुत गरेको १२ रनको लक्ष्य पञ्जाबले ४ बलमा नै पुरा गर्यो ।

    पञ्जाबका लागि क्रिस जोर्डन र मुम्बईका लागि ट्रेन्ट बोल्टले सुपर ओभरमा बलिङ गरेका थिए । आईपीएलमा पहिलोपटक एकै दिनमा तीन सुपर ओभर भयो । यसअघि पहिलो खेलमा कोलकाताले हैदराबादलाई सुपर ओभरमा नै पराजित गरेको थियो ।

    त्यस्तै, पञ्जाब र मुम्बईबीचको पहिलो सुपर ओभरमा पञ्जाबले ५ रन बनाएकोमा मुम्बईले पनि जवाफमा ५ रन मात्र बनाउन सक्यो । यसमा मुम्बईका लागि जसप्रीत बुमराह र पञ्जाबका लागि मोहम्मद शमीले बलिङ गरेका थिए ।

    नियमअनुसार पहिलो सुपर ओभरमा ब्याटिङ र बलिङ गर्ने खेलाडीले दोस्रो सुपर ओभरमा फिल्डिङ मात्र गर्न पाउँछन् । त्यही भएर दोस्रो सुपरओभरमा फरक–फरक खेलाडीले बलिङ र ब्याटिङ गरे ।

    आईपीएलमा दोस्रो पटक सुपर ओभर पनि बराबरी भएको हो । यसअघि सन् २०१४ मा कोलकाता र राजस्थानबीचको खेल बराबरी भएको थियो ।

    टस जितेर ब्याटिङ गरेको मुम्बईले १७७ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ६ विकेटको क्षतिमा १७६ रन बनाएपछि खेल बराबरी भयो । पञ्जाबका लागि कप्तान लोकेश राहुले सबैभन्दा बढी ७७ रन बनाए ।

    अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ९ रन चाहिएको थियो । तर, बोल्टले पञ्जाबलाई सो लक्ष्य हासिल गर्न दिएनन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology