बुटवल,बैसाख १।
नेपाल पत्रकार महासंघ रुपन्देहीले नयाँ वर्ष २०७९ सालको क्यालेण्डर सार्वजनिक गरेको छ ।
बिहिबार पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा भएको कार्यक्रममा नयाँ वर्षको शुभकामना दिँदै अध्यक्ष रामराज पोख्रेलले क्यालेन्डर संस्थागत दस्तावेज भएको बताउनुभयो ।
साथै बिहीवार नै बसेको महासंघ रुपन्देहीको सचिवालय बैठकले आशन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पत्रकारहरुलाई आचारसंहिता सम्बन्धि कार्यक्रम गर्ने निर्णय गरिएको सचिव विनोद परियारले बताउनुभयो ।
उहाँका अनुसार निर्वाचन कार्यालयको सहयोग तथा महासंघको समन्वयमा हुने कार्यक्रममा पत्रकार,सञ्चार सस्था, पत्रकार संगठन लगायतलाई प्रतिनीधिमुलक सहभागिता गराईने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)