बुटवल,बैसाख १ ।
प्रेस काउन्सिल नेपालले स्थानीय तह चुनावमा आचारसंहिता पालना भए-नभएकोबारे अनुगमन गर्ने भएको छ ।
काउन्सिलले बुधवार विज्ञप्ति निकालेर आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए-नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको जनाएको हो । निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए-नभएकोबारे अनुगमन गर्ने भएको हो ।
वैशाख ३० गते हुने चुनावका सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति सम्प्रेषण हुन सक्ने हुँदा त्यसतर्फ सञ्चारमाध्यम तथा पत्रकार सजक हुन काउन्सिलले भनेको छ ।
आचारसंहितालाई ख्याल गर्दै आ–आफ्नो सञ्चारमाध्यमबाट स्वतन्त्र भूमिका खेल्न, कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले अपिल गरेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)