Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शुभकामना आदानप्रदान गर्दै एम्स कलेजले मनायो नयाँ वर्ष

शुभकामना आदानप्रदान गर्दै एम्स कलेजले मनायो नयाँ वर्ष

  • 3.4K
    SHARES

  • शुभकामना आदानप्रदान गर्दै एम्स कलेजले मनायो नयाँ वर्ष

    बुटवल, चैत ३० ।

    एम्स कलेज बुटवलले नव वर्ष २०७९ को पूर्व सन्ध्यामा विद्यार्थि, कर्मचारी, सञ्चालक, प्राध्यापक र विद्यार्थिहरु बीच शुभ—कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    विद्यार्थीहरुको विशेष सिर्जनात्मक प्रस्तुतिका साथ सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रवन्धक निर्देशक गोपाल प्रसाद न्यौपाने र क्याम्पस प्रमुख दीपक ढकालले वर्ष २०७८ को आयामहरुको चर्चा गर्दै नयाँ वर्षको रणनितिहरु अवगत गराउदै शुभकामना प्रदान गर्नुभयो ।

    कार्यक्रममा कलेजका पूर्व विद्यार्थी एन.एम.वि. बैंकका शाखा प्रवन्धक नविन अर्याल, सानिमा बैंकका शाखा प्रवन्धक रेशम खरेल र नविल बैंकका शाखा प्रवन्धक गंगाराम  न्यौपानेलाई पनि सम्मान गरिएको थियो ।

    क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षता र प्राध्यापक यज्ञ न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा कलेजका विद्यार्थी, प्राध्यापक, कर्मचारी एवं पूर्व विद्यार्थिहरुले नव वर्षको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology