Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगर : एमालेबाट मेयर र उपमेयरमा ८-८ जनाको नाम सिफारिस

बुटवल उपमहानगर : एमालेबाट मेयर र उपमेयरमा ८-८ जनाको नाम सिफारिस

  • 7.3K
    SHARES

  • बुटवल उपमहानगर : एमालेबाट मेयर र उपमेयरमा ८-८ जनाको नाम सिफारिस

    बुटवल,चैत्र ३० ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) मा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले ३ जना केन्द्रीय सदस्यसहित ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।

    नगर प्रमुखको उम्मेदवारका लागि अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, राम प्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले नागरिक अनलाइनलाइ बताए ।

    एमाले केन्द्रीय सदस्य तथा नगर प्रमुख सुवेदीले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न पुनः एक पटक दोहोरिन चाहेको बताउँदै आएका छन् । उपप्रमुख आचार्यले आफू अब स्वतः मेयरको दाबेदार रहेको बताउँदै आएकी छन् ।

     औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष भट्टराई मिलनसार छन् । राना रुपन्देहीका युवा नेता हुन् । उनी सबैसँग घुलमिल छन् ।

    अर्यालले यसअघि उपमेयरमा दावी गर्दै आएकी थिइन् तर अहिले नगरले उनको नाम मेयरमा सिफारिस गरेको छ । अर्याल एमाले केन्द्रीय सदस्य हुन् । केसी एमाले रुपन्देहीकी अध्यक्ष हुन् । 

    रेग्मी बुटवल उपमहानगरपालिकाको प्रवक्ता तथा १५ नम्बर वडाको वडाध्यक्ष हुन् । गत निर्वाचनमा एमालेले मेयर-उपमेयरसहित १६ वडामा जीत हासिल गरेको थियो । उपमेयरमा पनि ८ जनाको नाम सिफारिस भएको छ। 

    यी पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology