बुटवल,चैत्र ३० ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयरका लागि चारजनाको नाम सिफारिस गरिएको छ । एमाले तिलोत्तमा नगर कमिटीले चारजनाको नाम सिफारिस गरेको हो ।
तिलोत्तमा नगरपालिकाबाट हालका मेयर वासुदेव घिमिरे,एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाई, जिल्ला कमिटी सचिव यज्ञ गैरे र तिलोत्तमा नगर इञ्चार्ज दिनेश फुल्लेलको नाम माथिल्लो कमिटीमा पठाइएको हो ।
त्यस्तै उपमेयरका लागि हालकी उपमेयर जगेश्वरदेवी चौधरी, देवी वाग्ले, जमुना लम्साल, संगिता गुरुङ र रेनुका खरेलको नाम सिफारिस गरिएको छ ।
अव सिफारिस गरिएका नाम मध्येबाट जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले मेयरको टुंगो लगाउने छ ।
यी पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)