अर्घाखाँची,चैत ३० ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० मा ब्यबसायीक कृषकहरुलाई कृषि सामाग्री तथा औजार वितरण गरिएको छ।
कृषकहरुलाई आधुनिकीकरण तथा ब्यबसायीक बनाउन कृषि सामाग्री तथा औजार वितररण गरिएको सन्धिखर्क नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।
तरकारी पकेट कार्यक्रम अन्तर्गत सन्धिखर्क १० का ब्यबसायीक कृषक हरुलाई मिनि टिलर, प्लास्टिक टनेल, पावर स्प्रे, हजारी, लगायत औजार उपकरण तथा कृषि सामाग्र ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
ब्यबसायीक कृषकलाई सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृषि सामाग्री हस्तान्तरण गर्नु भएको हो । सामाग्री वितरण गर्दै गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो ।
ब्यबसायीक रुपमा खेती किसानी गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाकी नराख्ने नगर प्रमुख भुसालको भनाई छ ।
तरकारी पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष नारायण भट्टराईको अध्यक्षता, उपाध्यक्ष यज्ञप्रसाद खनालको स्वागत र सचिव विनोद थापाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई , वडा सदस्य चमकला भुसाल , वडा सचिव विष्णुप्रसाद आचार्य, आदर्श आधारभुत विद्यालयका प्रधानाध्यापक खगेश्वर नेपाली ,नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नुभएको थियोे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)