Logo बिहिवार, आश्विन १ गते २०८३
images

परिवर्तनका लागि शिक्षा अनिवार्य : अष्ट्रेलियन राजदुत भोल्क

परिवर्तनका लागि शिक्षा अनिवार्य : अष्ट्रेलियन राजदुत भोल्क

  • 2.5K
    SHARES

  • परिवर्तनका लागि शिक्षा अनिवार्य : अष्ट्रेलियन राजदुत भोल्क

    बुटवल,चैत २९ ।

    रुपन्देहीको तिलोत्तमा–५ मा रहेको शान्ति नमुमा माध्यमिक विद्यालयमा रिड नेपालद्वारा सञ्चालित शिक्षा परियोजनाको समीक्षा तथा सरोकारवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

    नेपालका लागि अष्ट्रिलियन राजदुत फेलिसिटी भोल्कको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले शिक्षा परियोजनाले विद्यार्थीमा उल्लेखनीय रुपमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको, उनीहरुमा आत्मविश्वास र लगनशिलता बढाउनमा महत्वपूर्ण भूमिका खेलेको औल्याएका थिए । 

    कार्यक्रममा बोल्दै राजदुत भोल्कले नेपाल र अष्ट्रियताबीचको सम्बन्धलाई अझ दीगो बनाउन र नेपालको शिक्षाको बृहतर विकासका लागि यस प्रकारका कार्यक्रम निकै फलदायी भएको बताउनुभयो । मानिसमा  सकारात्मक परिवर्तनका लागि शिक्षा अनिवार्य सर्त रहेको भन्दै उहाँले नेपालको शिक्षा क्षेत्रमा देखिएको परिवर्तन प्रशंसा योग्य रहेको बताउनुभयो । 

    कार्यक्रममा बोल्दै रिड नेपालका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर बोगटीले शिक्षा परियोजनाले लैङ्गिक समानता कायम गर्दै विद्यार्थीहरुमा सक्षमता र शसक्तिकरण गर्न मद्धत पु¥याएको बताउनुभयो ।

    विद्यालयमा अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शान्तिलाई देशकै नमुना विद्यालय बनाउन सबै सरोकारवालाहरु लागि परेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ उच्च स्तरको सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।

    विद्यालयका सह प्रधानाध्यापक किशोर कुमार खनालको सञ्चालनमा भएको कार्यक्रममा रिड नेपालका स्रोत शिक्षक रजनी के. सी.ले परियोजना मार्फत विद्यालयमा सञ्चालित गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

     सो अवसरमा विद्यार्थीहरुले विभिन्न विषयमा प्रस्तुतीकरण राखेका थिए भने सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका  थिए ।  अष्ट्रिलयन एडको सहयोगमा सञ्चालित  परियोजना मार्फत बाल अधिकार, लैङ्गिक समानता, सवलीकरण लगायतका विषयमा कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology