Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘गठबन्धन बाध्यता र स्वार्थको एलायन्स हो’ : डा. चन्द्र भण्डारी

‘गठबन्धन बाध्यता र स्वार्थको एलायन्स हो’ : डा. चन्द्र भण्डारी

  • 2.8K
    SHARES

  • ‘गठबन्धन बाध्यता र स्वार्थको एलायन्स हो’ : डा. चन्द्र भण्डारी

    भैरहवा, चैत २९ ।

    नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डा.चन्द्र भण्डारीले स्थानीय तहको निर्वाचन सार्ने कुरा हुनै नसक्ने दावी गरेका छन् ।

    उनले कुन नेता कतिखेर बरबराउँछ, किन बरबराउँछन्, विपना वा सपनामा बरबराउँछन् भन्ने छुट्टै कुरा भएको बताए ।

    लुम्बिनी प्रेस क्लबले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले कांग्रेसले शान्ति र संविधानको नेतृत्व गरेको बताए । उनले भने, ‘कांग्रेसको आफ्नो लक्ष्य–उद्देश्य छ, माओवादीले हतियार बोक्यो, उसको आफ्नो लक्ष्य छ, एमालेको आफ्नो लक्ष्य छ, राप्रपा नयाँ तरिकाले लागिरहेको छ । ’

    चितवनको निर्वाचनमा रेणु दाहाललाई जिताउन मतपत्र च्यातियो र अफ्ठयारो भयो तर त्यो दिन धेरै टिक्न नसकेको उनको भनाइ थियो । एमाले–माओवादी मिलेर झण्डै दुईतिहाईको सरकार बने पनि सरकार टिक्न नसकेको र पार्टी पनि फुटेको उनले बताए ।
    कांग्रेसले गठबन्धन गर्दैन भने एमाले र माओवादीले गर्ला भन्ने डर भएको उनले बताए । उनले भने, ‘गठबन्धन बाध्यता हो, यो स्वार्थको एलायन्स हो, यसमा कुनै नीति, सिद्वान्त र दृष्टिकोण छैन्, कतिबेला मिल्छ र फुट्छ भन्ने छैन् ।’ टिकट वितरणको जिम्मेवारी र गठबन्धनबारे स्थानीय तहलाई नै जिम्मेवारी दिइएको उनको भनाइ थियो ।

    स्थानीय तहबाट राम्रो काम भएको र बजेट खर्च भएको भण्डारीले बताए । उनले भने, ‘सत्ता प्राप्ती नै प्रमुख कुरा भयो जसका कारण मुलुक माफियातन्त्रमा फस्यो ।’

    पार्टीगत रुपमा हेर्दा चुनाव जति बेला आउँछ, नेताहरु मनपरी बोल्ने गरेको उनले बताए । उनले भने, ‘पछि हात मिलाउनुपर्छ भन्ने छैन, कुन समयमा के बोल्नुपर्छ भन्ने छैन, सत्ता स्वार्थका लागि फेरी मिल्छन् । ’

    सही मान्छे छान्न नसक्दा अन्तघात हुने गरेको उनले बताए । विपीको नीति सिद्वान्त अनुसार पार्टी चल्न नसकेको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology