Logo बिहिवार, आश्विन १ गते २०८३
images

गृहमन्त्री खाँण र नेपालका लागि अष्ट्रियाका राजदूत वजिरबिच शिष्टाचार भेटवार्ता

गृहमन्त्री खाँण र नेपालका लागि अष्ट्रियाका राजदूत वजिरबिच शिष्टाचार भेटवार्ता

  • 2.9K
    SHARES

  • गृहमन्त्री खाँण र नेपालका लागि अष्ट्रियाका राजदूत वजिरबिच शिष्टाचार भेटवार्ता

    बुटवल,चैत्र २९।

    गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि अष्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेका छन्।गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको थियो।

    भेटमा काठमाडौंबाट अष्ट्रियाको राजधानी भियनामा सिधा उडान गर्नेबारे कुराकानी भएको थियो।गृहमन्त्री खाणले काठमाडौं–भियना उडान भएमा दुबै मुलुकलाई फाइदा हुने बताएका थिए।

    राजदूत वजिरले उडानबारे सरकारसँग पहल गर्ने बताएका थिए। नेपाल र अष्ट्रियाबीच सन् १९५९ देखि  कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

    पाटन संग्रालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको प्रवर्द्धनमा सहयोग गरेको छ।

    अष्ट्रियाले सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology