Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा आर्थिक संकटको अवस्था आयो भनेर राजनीतीकरण गरियो : अर्थमन्त्री शर्मा

नेपालमा आर्थिक संकटको अवस्था आयो भनेर राजनीतीकरण गरियो : अर्थमन्त्री शर्मा

  • 2.1K
    SHARES

  • नेपालमा आर्थिक संकटको अवस्था आयो भनेर राजनीतीकरण गरियो : अर्थमन्त्री शर्मा

    बुटवल,चैत २९ ।

    अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए ।

    ‘आम जनमानस र व्यावसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन, राजनीतिकरण गर्नु हुँदैन,’ उनले भने, ‘अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था छैन ।’

    उनले सतर्क भएर जान अर्थमन्त्रालय लागेको भन्दै संकट टार्न विभिन्न निर्णयहरु गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको बताए ।शर्माले सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताए । उनका अनुसार नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको उनले जानकारी दिए ।

    यो कुल गाहस्थ उत्पादनको ४३.४ प्रतिशत हुने उनले बताए । जुन दक्षिण एसियाको अन्य मुलुकको तुलनामा न्यून भएको उनको दाबी छ ।

    उनका अनुसार चालु आर्थिक वर्षमा ४० अर्ब ६६ करोड भुक्तानी गर्नुपर्ने छ, जुन हाल रहेको वैदेशिक विनिमय सञ्चितिको तुलनामा न्यून छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology