Logo बिहिवार, आश्विन १ गते २०८३
images

भृकुटीमण्डपमा बैसाख ७ देखि आइएमइ पे क्यान इन्फोटेक

भृकुटीमण्डपमा बैसाख ७ देखि आइएमइ पे क्यान इन्फोटेक

  • 3.5K
    SHARES

  • भृकुटीमण्डपमा बैसाख ७ देखि आइएमइ पे क्यान इन्फोटेक

    बुटवल,चैत २८ । 

    आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्युआरको तयारी अन्तिम चरणमा पुगेको छ ।आगामी २०७९ बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने छ ।

    सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनी (Exhibition) को यो २७ औं संस्करण यसअघि कोभिड–१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो ।

    २७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन  आइएमइ पेले गरेको छ भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

    मेला आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघका अध्यक्ष नवराज कुवरले बताए  ।

    इन्फोटकको प्लाटिनम प्रायोजक  - वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक -  डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा - जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा - नमस्ते पे, डिजिकम, एस-पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज -In Nepal, For Nepal र टेकमिन्ट रहेका छन् । त्यसैगरी इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनर (Academic Partner) को रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब (x-Lab), इकमर्स पार्टनर (eCommerce Partner ) सोचेको डट कम (socheko.com) र डिजिटल डिस्प्ले पार्टनर (Digital Display Partner ) को रुपमा अल्ट्रा एल.इ.डि. (Ultra LED) रहेका छन ।

    क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि मार्फत भर्चुअल प्रदर्शनी  समेतको ब्यबस्था हुन गैरहेको छ । उक्त  भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसंगसहकार्य गरेको छ ।

    त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबान सँग सहकार्य भएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमइ बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमइ जनरल ईन्स्युरेन्स रहेका छन ।

    इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सुचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा असोसियो को  प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको छ ।

    क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन् जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ-गभर्नेन्स मुख्य हुने छ।

    CAN.JPG

    स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडिया को प्रदर्शनी गर्ने छन् ।

    आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा करिब सोहि संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा रहेको महासचिव नारायण थापाले बताए ।

    यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकट को व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमइ पेले व्यवस्थापन गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology