Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गभर्नर निलम्बनपछि केपी ओलीको टिप्पणी-‘ धान खाने मुसाे, चोट पाउने भ्यागुतो’

गभर्नर निलम्बनपछि केपी ओलीको टिप्पणी-‘ धान खाने मुसाे, चोट पाउने भ्यागुतो’

  • 2.7K
    SHARES

  • गभर्नर निलम्बनपछि केपी ओलीको टिप्पणी-‘ धान खाने मुसाे, चोट पाउने भ्यागुतो’

    काठमाडाै,चैत्र २६ ।

    सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्।

    शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले भने- ‘हिजो मात्रै हामीले देख्यौँ, थुतुनाभरि रौँ भएको मुसाले धान खायो। एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गर्‍यो। धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि। त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो। देशको अर्थतन्त्र ध्वस्त पार्‍यो। अनि, सोझो भ्यागुतोलाई कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्‍यो’ ओलीको भनाइ थियो।

    ओलीले अधिकारीले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै गरेको बताए। ‘देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुका हातमा परेको छु, उनले भने, देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थविद्, अर्थशास्त्री र राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो।’

    उनले छानबिन समितिप्रति पनि आशंका व्यक्त गरे। माओवादीले नियुक्त गरेको र माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा एउटा छानबिन समिति बनाएको उनले बताए।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो। पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology