Logo बिहिवार, आश्विन १ गते २०८३
images

वडा स्तरीय क्रिकेटको उपाधी ठुलापोखरालाई,भलिवल वडा नम्बर ८ ले जित्यो

वडा स्तरीय क्रिकेटको उपाधी ठुलापोखरालाई,भलिवल वडा नम्बर ८ ले जित्यो

  • 2.0K
    SHARES

  • वडा स्तरीय क्रिकेटको उपाधी ठुलापोखरालाई,भलिवल वडा नम्बर ८ ले जित्यो

    अर्घाखाँची,चैत २५ ।

    अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सञ्चालित अध्यक्ष कप रनिंगशिल्ड भलिबल प्रतियोगीता तथा वडा स्तरीय क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ ।

    छत्रदेव रंगशाला रातापोखरामा भएको वडा स्तरीय क्रिकेट प्रतियोगीताको फाइनल खेलमा वडा नम्वर ४ केरुंगालाई हराउदै वडा नम्वर ६ ठुलापोखरा विजयी भएको हो । भलिबल प्रतियोगीतामा वडा नम्वर ४ लाई हराउदै वडा नम्बर ८ अर्घातोष विजयी भएको हो । 

    विजयी टिमहरुलाई लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बिरबहादुर रानाले पुरस्कार वितरण गर्नु भएको छ । भलिबल तथा क्रिकेट प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५० हजार, ३० हजार र २० हजर रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    खेलको समापन समारोहमा बोल्दै मन्त्री रानाले खेलकुदले देशलाई विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा तीनै तहका सरकारहरु लाग्नु पर्ने बताउनुभयो ।

    कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, कपिलबस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत भेसराज पन्थ, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम वडा अध्यक्ष कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology