Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आईपीएलमा लखनउको तेस्रो जित,दिल्ली २ अंकसहित सातौं स्थानमा

आईपीएलमा लखनउको तेस्रो जित,दिल्ली २ अंकसहित सातौं स्थानमा

  • 2.2K
    SHARES

  • आईपीएलमा लखनउको तेस्रो जित,दिल्ली २ अंकसहित सातौं स्थानमा

    बुटवल,चैत्र २५ ।

    लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई ६ विकेले पराजित गरेको छ ।लखनउले यस सिजन उत्कृष्ट प्रदर्शन कायम राख्दै ४ मध्ये तेस्रो खेल जितेको हो ।  मुम्बईमा भएको खेलमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले दुई बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो ।

    लखनउको जितमा ओपनर क्विन्टन डी ककले सर्वाधिक ८० रन बनाए । ५२ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । कप्तान केएल राहुलले २४ रन बनाए भने क्रुनाल पाण्ड्या १९ र आयुष बदोनी १० रनमा अविजित रहे ।

    दिल्लीका कुलदीप यादवले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

    दिल्लीका लागि ओपनर पृथ्वी शले ३४ बल खेल्दै ९ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए । ८ वर्षपछि दिल्लीमा फर्केका अष्ट्रेलियन डेभिड वार्नरले यस सिजन पहिलो खेल खेल्दै १२ बलमा ४ रन बनाएर आउट भए ।

    तीन खेलमा दोस्रो हार बेहोरेको दिल्ली २ अंकसहित सातौं स्थानमा छ । कप्तान ऋषव पन्तले अविजित ३९ रन जोड्दा सर्फराज खान ३६ रनमा अविजित रहे । लखनउका रवी बिशोईले २ तथा कृषनप्पा गोथामले १ विकेट लिए । जितपछि ४ खेलबाट ६ अंक जोडेको लखनउ दोस्रो स्थानमा उक्लेको छ । ६ अंक नै रहेको कोलकता नाइट राइटर्ड नेट रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology