Logo बिहिवार, आश्विन १ गते २०८३
images

४८७ आयोजना अलपत्र : ‘सुरु भएका खानेपानी आयोजनाहरु पनि समयमै पूरा भएनन् !’

४८७ आयोजना अलपत्र : ‘सुरु भएका खानेपानी आयोजनाहरु पनि समयमै पूरा भएनन् !’

  • 2.2K
    SHARES

  • ४८७ आयोजना अलपत्र : ‘सुरु भएका खानेपानी आयोजनाहरु पनि समयमै पूरा भएनन् !’

    बुटवल,चैत्र २३ ।

    निर्माण सुरु भएका खानेपानी आयोजनाहरुलाई समयमै पूरा गर्न सरोकारवालाहरुले  आग्रह गरेका छन् । सरकारले सुरु गरेका आयोजना समयमा नसक्दा सबैंको पहुंचमा खानेपानी पुर्याउन नसकिएको भन्दै तीन तहकै सरकार यसमा गम्भीर हुन उनीहरुले आग्रह गरे । 

    पर्यटन, ग्रामीण तथाशहरी विकास मन्त्रालय लुम्बिनीको आयोजना र संचारिका समूह लुम्बिनी प्रदेशको संयोजनमा बुधबार बुटवलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले खानेपानी तथा सरसफाई नागरिकको मौलिक हक भएकाले यसलाई बेवास्था गर्न नहुने बताए ।

    संघीय सरकारले ४ वर्षअघि लुम्बिनी प्रदेशका ६ सय ८९ खानेपानी आयोजना प्रदेशमा हस्तान्तरण गरेको थियो । त्यसमध्ये ४ सय ८७ आयोजना अझै बाकी छन् । हस्तान्तरीत आयोजना सम्पन्न गर्न मात्रै अब करिब ११ अर्ब आवश्यक पर्छ । तर संघले यसपाली ८९ करोड ९७ लाख रुपैया मात्र पठाएको छ ।  प्रदेश सरकारले आर्थिक वर्ष २०८०,०८१ सम्म सबै घरमाखानेपानीपुर्याउने योजना बनाएको  छ ।

    दीगो विकास लक्ष्यले सन्  २०३० सम्मसबैको पहुंचमासुरक्षीतखानेपानीपुर्याउने लक्ष्य  छ । प्रदेश सरकारले एक घर एक धाराको संकल्प सहितको कार्यक्रमपारीत पनि गरेको छ । तर त्यसअनुसार कामहुन सकेको छैन ।  कार्यक्रममा पत्रकार यमलाल भुषाल,कृष्ण खनाल,भगवती पाण्डे,लक्ष्मण पौडेल, विकास पराजुली साविविक,मुर्गिया खानेपानी तथा उपभोक्ता महासंघका अध्यक्ष शालिग्राम बस्याल,नयांगांउ खानेपानी तथा उपभोक्ता महासंघका अध्यक्ष रमा केसी,राजेन्द्रविक्रमशाह लगायतले प्रश्न तथा जिज्ञासा  राखेका थिए ।

    राखेका प्रश्न र जिज्ञासाको जवाफदिदै पर्यटन ग्रामिण तथाशहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले रकमअभावले धेरै योजनाअलपत्र परेकाले त्यसलाई पूरा गर्न संघले बजेट व्यवस्थागर्नुपर्ने बताए । उनले माग र आवश्यकताभन्दा नेताको पहुंचकाआधारमाआयोजनाबन्दापनि समस्याभएको बताए ।

    उनले खानेपानीको उपलब्धता र स्वच्छताबारेतत्काल सहि तथ्य संकलनको काम अगाडि बढाउने र योजनाकार्यान्वयनमा लैजाने प्रतिवद्धता ब्यक्तसमेत गरे ।

    कार्यक्रममाखानेपानीतथा सरसफाई उपभोक्ता समितिका केन्द्रिय सदस्य सावित्रा रेग्मीले गरिव विपन्न परिवारका उपभोक्ताहरुलाई निशुल्कपानीकाधारा वितरण गरेर भएपनि सबैकालागिपिउने पानीकालागि सहजगर्नुपर्ने बताइन् ।

    पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालयका सिडिइ ध्रुव धितालले अलपत्रआयोजनालाई गतिमाल्याउन र सरसफाईमाप्रगति देखाउनकामभइरहेको बताए ।

    अन्तरक्रियामा संचारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले प्रदेशमाखानेपानीतथा सरसफाईको अवस्था , समस्या र समस्या समाधानकालागि संचारमाध्यमले खेल्न सक्ने भुमिकाकाबारेमाकार्यपत्र प्रस्तुतगरेकीथिइन्भने पत्रकार तथाविश्लेषक युवराज कंडेलले उक्तकार्यपत्रमाथि टिप्पणीगरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology