Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उप–प्रमुख श्रीवास्तव लोसपा प्रवेश

लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उप–प्रमुख श्रीवास्तव लोसपा प्रवेश

  • 2.5K
    SHARES

  • लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उप–प्रमुख श्रीवास्तव लोसपा प्रवेश

    बुटवल,चैत्र २३ । 

    जनता समाजवादी पार्टी जसपा परित्याग गरी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उप–प्रमुख जानकीदेवी श्रीवास्तव लोकतान्त्रिक समाजवादी पार्टी लोसपा प्रवेश गरेकी छन् ।

    बुधबार लोसपाले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् । श्रीवास्तवलाई लोसपाका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, केन्द्रीय कार्यकारिणी सदस्य निलम यादव लगायतले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

    २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट श्रीवास्तव लुम्बिनी साँस्कृतिक नगरपालिकाको उप– प्रमुखमा निर्वाचित भएकी थिइन् । चुनावकै मुखमा पार्टी परित्याग गरेपछि जसपालाई धक्का पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology