Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा ओम बहुउद्देश्यीय सहकारी शुभारम्भ,जारी पूँजी १० करोड

बुटवलमा ओम बहुउद्देश्यीय सहकारी शुभारम्भ,जारी पूँजी १० करोड

  • 7.2K
    SHARES

  • बुटवलमा ओम बहुउद्देश्यीय सहकारी शुभारम्भ,जारी पूँजी १० करोड

    बुटवल,चैत्र २३ । 

    बुटवलमा ओम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शुभारम्भ भएको छ । बुटवल ४ ट्राफिकचोकमा मुख्य कार्यालय रहनेगरि ओम बहुउद्देश्यीय सहकारी संस्थाको आज बिधिवत रुपमा पूजापाठ गरेर शुभारम्भ गरिएको हो ।

    १० करोड जारी पुँजी रहेको सहकारीमा हाल करिब ५ सय शेयर सदस्य रहेका छन् । सहकारीका साथ उद्यमशीलता,ब्यबसायिकता  र विकास भन्ने नारासहित सहकारी संचालनमा ल्याइएको हो ।

    ६ जिल्ला कार्यक्षेत्र रहेको सहकारी पूर्ण रुपमा बैंङ्कीङ प्रणालीमा आधारित रहेर संचालन गरिने अध्यक्ष बिष्णु घिमिरेले जानकारी दिए ।

    सहकारीबाट अत्याधुनिक सेवा,सुबिधासहित सरल कर्जा,लघुबित्त कर्जा,व्यापार,आवास,रेमिटान्स,उद्मशिल कर्जा  निक्षेप,बचत कर्जा  दिइने जनाइएको छ ।सो सहकारी बुटवलका ब्यापारी तथा उद्योगीको लगानीमा शुभारम्भ गरिएको सचिव लक्ष्मण सुवेदीले जानकारी दिए । om sahakari butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology