बुटवल,चैत्र २३ ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर गम्भीर बिरामी भएपछी रुपन्देहीको भैरहवाबाट काठमाडौ लगिएको छ । पार्टीको कार्यक्रमका लागि मंगलबार परासीवाट भैरहवा आइपुगेका अध्यक्ष ठाकुर विहान ८ बजे अचानक अस्वस्थ भएका थिए।
उनलाई तत्कालै भैरहवास्थित भीम अस्पताल पुर्याइएको थियो। अस्पतालका डा. सिद्धार्थ पाण्डेले अध्यक्ष ठाकुरलाई अस्पताल ल्याएको पुष्टि गर्दै हल्का निमोनिया देखिएको र अक्सिजन लेभलसमेत कम भएको बताए। अक्सिजन लेभल कम देखिएपछि काठमाडौं रेफर गरिएको उनले बताए।
रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलेले हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)