Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले अध्यक्ष केपी ओलीको भाषण : ‘यो सरकार आफै कुहिएर फतक्क झरोस् !’

एमाले अध्यक्ष केपी ओलीको भाषण : ‘यो सरकार आफै कुहिएर फतक्क झरोस् !’

  • 1.9K
    SHARES

  • एमाले अध्यक्ष केपी ओलीको भाषण : ‘यो सरकार आफै कुहिएर फतक्क झरोस् !’

    काठमाडाै,चैत्र २३ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने बताएका छन् । आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै सरकार कुहिसकेको दावी गरे ।

    ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ ? यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिनेवित्तिकै खत्रक झर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले कुनैपनि रुखको फल झर्नलाई मज्जाले कुहिसक्नुपर्ने पनि बताए ।

    ‘यो कुहिुदैछ । यो झर्नेवेलातिर जाँदैछ । यो झर्छ, झर्ने समय हामीले पर्खनुपर्छ’, ओलीले भने, ‘मर्नै लागेको मान्छे बाच्दै बाँच्दैन भनेपनि त्यतिबेला प्वाक्कै हिर्काएर त्यतिबेलै मर्यो भने ज्यान मुद्दा लाग्छ ।

    त्यसैले यो सरकार ढाल्न हामी कोशिस नै गर्दैनौ । यो सरकार ढालेको वात पनि नलागोस्, आफै कुहिएर फतक्क झरोस् ।’ उनले एमालेले सरकारका बारेमा नभई चुनावमा ध्यान दिइरहेका बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology