Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने माधबकुमार नेपालको घोषणा

सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने माधबकुमार नेपालको घोषणा

  • 1.9K
    SHARES

  • सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने माधबकुमार नेपालको घोषणा

    कपिलवस्तु,चैत २३ ।

    नेपाल कम्युनिष्ट पार्टि (एकीकृत समाजबादी) पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुरयाउने  बताउनु भएको छ । आफु एमालेमा रहँदा बृद्धाभत्ताको सुरुवात गरेको भन्दै अब भत्ता बृद्धी गर्ने पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले बताउनुभयो ।

    कपिलवस्तुको शिवराज नगरपालिका चन्द्राैटामा भएको प्रशिक्षण तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बरबराउन थालेको बताउनुभयो । नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने बताउनुभयो ।

    पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको बताउँदै सबै दलहरू गठबन्धन प्रति सकारात्मक रहेको बताउनुभयो ।  
    कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत बिश्वासीले एमालेले जनतालाई घात गरेको बताउनुभयो ।  लुम्बिनी प्रदेश अध्यक्ष मेटामणी चौधरीले कपि ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology