Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङको भालुबाङमा निर्माण हुने लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत

दाङको भालुबाङमा निर्माण हुने लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत

  • 2.4K
    SHARES

  • दाङको भालुबाङमा निर्माण हुने लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना स्वीकृत

    बुटवल,चैत्र २२ ।

    दाङको भालुबाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत भएको छ ।प्रदेश पूर्वाधार विकास प्राधिकरणले दुई साताअघि गुरुयोजना हस्तान्तरण गरेको थियो ।

    लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठकले गुरुयोजना स्वीकृत गरेको हाे ।

    यस्तै सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय पनि वैठकले गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

    वैठकले २०७९ सालको लागि लुम्बिनी प्रदेशमा सार्वजनिक पर्व एवं सट्टा विदा स्वीकृत गर्ने, पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले, चित्र बलिराम सुवाल र शान्ता सारु (पाल्पा) लाई मनोनीत गर्ने निर्णय गरेको छ ।

    यस्तै प्रदेश निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि, २०७८, प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि, २०७८, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ र प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।

    यस्तै लालमटिया स्वास्थ्य चौकी, भालुवाङ, दाङलाई ५० शैय्याको अस्पतालमा स्तरोन्नती गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय वैठकले गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology