Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवा सिद्धार्थनगरमा गठबन्धन गर्ने सत्तारुढ दलको घोषणा

भैरहवा सिद्धार्थनगरमा गठबन्धन गर्ने सत्तारुढ दलको घोषणा

  • 2.7K
    SHARES

  • भैरहवा सिद्धार्थनगरमा गठबन्धन गर्ने सत्तारुढ दलको घोषणा

    बुटवल,चैत्र २२ ।

    सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीको सिद्धार्थनगर नगरपालीकामा स्थानीयतह  निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने घोषणा गरेका छन् । 

    भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावीतालमेलको आवश्यकता ठहर गर्दै सो को लागीनगर र बडामा संयन्त्र गठन गरी बडातह सम्मनै तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेका छन् ।

    नेपाली कांग्रेस नगर सभापति कोशीस बहादुर खड्काको सभापत्विमा बसेको सत्ता साझेदार दलहरु नेकपा समाजबादी, एकीकृत नेकपामा ओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा) र राष्ट्रि जनमोर्चाको नगर स्तरीय सयुक्त बैठकले चुुनावी संयन्त्र निमार्ण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको हो ।

    बैठक पछि कांग्रेस नगर सभापति खड्का, नेकपा माओबादी केन्द्रकानगर ईन्चार्ज फैज अहमदखाँन, नेकपाएकीकृत समाजबादीकानगर अध्यक्ष रामबहादुुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुुन जय सवाल र राष्ट्रिय जनमोर्चाकानगर अध्यक्ष नेत्र आचार्यद्धारा जारी सयुुक्त बिज्ञप्तीमा गठबन्धनमा आवद्ध दलहरु बिच गठबन्धनको मर्म र भावनाअनुुरुप एक आपसमा सम्मान र हार्दीकताको बिकास गर्दै लगी स्थानीयतहको निर्वाचनमा सयुुक्त रुपमा सहभागीहुुने उल्लेख छ ।

    त्यस्तै सिद्धार्थ नगर नगरपालीकाका सवै बडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिवअनिल केसीले जानकारी दिए । 

    nagar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology