Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय

रुपन्देहीका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय

  • 2.2K
    SHARES

  • रुपन्देहीका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय

    बुटवल,चैत्र २२ ।

    रुपन्देहीमा सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् ।

    आज बसेको जिल्लास्तरको संयन्त्रको  बैठकले संयन्त्रलाई सबै पालिकासम्म विस्तार गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको छ । 

    नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा बसेको बैठकमा काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी थिए । 

    सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एकढिक्का भएर स्थानीय तहको निर्वाचन जाने निर्णय भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए ।

    गठबन्धनले विस्तृत अध्ययन र अनुसन्धान गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology