बुटवल,चैत्र २० ।
नेपाली काँग्रेस बुटवल वडा नम्बर १० को चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । क्षेत्रीय सभापति हरि लम्सालले कार्यालयको रिबन काटेर शुभारम्भ गरे ।
वडासभापति क्या किशन थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नगर सभापति खेलराज पाण्डेय लगायतले बोल्दै कांग्रेसको जित निश्चित भएको बताए ।
सो अवसरमा अन्य पार्टी छाडेर ६२ जना काँग्रेसमा प्रवेश गरेको सचिव प्रकाश भट्टराइले जानकारी दिए । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै कांग्रेसले चुनावी अभियानलाइ तिब्रता दिएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)