Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका सबै घरमा विद्युतीय नम्बरिङ प्रणाली,गन्तब्यमा पुग्न सहज

बुटवलका सबै घरमा विद्युतीय नम्बरिङ प्रणाली,गन्तब्यमा पुग्न सहज

  • 3.5K
    SHARES

  • बुटवलका सबै घरमा विद्युतीय नम्बरिङ प्रणाली,गन्तब्यमा पुग्न सहज

    बुटवल,चैत १९ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले विद्युतीय घर नम्बरिङ प्रणाली सञ्चालनमा ल्याएको छ । उक्त प्रणालीको शनिबार शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले बुटवललाई डिजिटलाइजेशनमा यो प्रणालीले सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।

    विकास र प्रविधिको प्रयोग गर्दै बुटवललाई मुलुकको आर्थिक केन्द्र बनाउनका लागि भएका सकारात्मक पहलहरुलाई निरन्तरता दिँदै अगाडी बढ्न उनले सुझाब दिए ।

    शनिबारदेखि सञ्चालनमा आएको विद्युतीय घर नम्बरिङबाट बुटवल उपमहानगर भित्र रहेका सार्वजनिक कार्यालय तथा स्थलहरु, अस्पताल, शैक्षिक संस्था, घर लगायतका सम्पूर्ण विवरणहरु सजिलै पत्ता लगाउन सकिने छ । उक्त प्रविधिले यहाँका सम्पर्ण घर तथा कार्यालयहरुको ठेगाना सजिलै पत्ता लगाउनुका साथै अन्य विभिन्न तथ्याङ्कहरु समेत यसमा समावेश गरिने छ । बुटवलमा विभिन्न सडक अन्तर रहेका घरसम्म पुग्ने बाटो, दुरी, लाग्ने समय तथा समग्र नक्सा मावाइल एप मार्फत सजिलै बत्ता लगाउन सकिने प्राविधि अखिलेश कुमार कर्णले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल खुसी जनताको अवधारण अन्तरगत बुटवलमा विद्युतीय घर नम्बरिङ प्रणाली सञ्चालनमा ल्याइएको बताए ।

    ghar.jpg

    उपमहानगरमा सम्पन्न भएका तथा सम्पन्न हुने चरणमा रहेका भौतिक तथा पूर्वाधारको बिकास, शैक्षिक क्षेत्रमा भएका लगानी र योजना, स्वास्थ्यका क्षेत्रमा भएका बिकासले बुटवललाई निकट भविष्यमै समुन्नत बुटवल बनाउने दाबी गरे । दिगो बिकासका लक्ष्य अनुरुप दर्घकालिन योजना बनाएर काम अघि बढेको उनले बताए ।

    सन् २०३० सम्म मुलुकको दिगो बिकासको लक्ष्य हासिल योजना अनुसार नै बुटवलका बिकास निर्माणको कामलाई अघि बढाएको उपमहानगरकी प्रमुख गोमादेवी आचार्यले बताइन् । आर्थिक तथा सामाजिक क्षेत्रमा योजनाबद्ध बिकासले बुटवललाई छिट्टै समृद्ध र खुसी बुटवलको रुपमा स्थापित गराउने उनले बताइन् ।

    budyutiya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology