बुटवल,चैत १९ ।
नेकपा नेकपा ( एकीकृत समाजवादी) बुटवल उपमहानगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवल उपहानगर कमिटीका अध्यक्ष चिन बहादुर गुरुङको संयोजकत्वमा २५०१ निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरी निर्वाचन प्रचार–प्रसार संयोजकमा पार्टी बुटवल उपमहानगर कमिटीका सचिव लोकराज शर्मालाई चयन गरिएको छ भने आर्थिक उपसमिति संयोजकमा पार्टी बुटवल उपमहानगर कमिटी उपाध्यक्ष रुक्मागत घिमिरेलाई चयन गरिएको छ ।
त्यस्तैगरी पार्टीले स्थानीय तहको निर्वाचनका लागि सबै वडाहरुमा प्रचार–प्रसार कार्यालको उद्घाटन गर्ने निर्णय समेत गरेको छ । उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंले सम्बोधन गर्दै आसन्न स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका आधारमा उम्मेदवार उठाउने समझदारी भएको र यो निर्वाचनमा एकीकृत समाजवादीको पक्षमा निर्णायक जनमत प्राप्त हुने बताए ।
पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले उम्मेदवारको छनौट जनआधार र क्षमताका आधारमा गरिने बताउदै पार्टीको पक्षमा जनमत सिर्जना गर्न पार्टी पङ्तीलाई आग्रह गरे । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल नेपाल, जिल्ला कमिटी रुपन्देहीका कार्यालय सदस्य कमल बस्याललगायतले मन्तव्य राखेका थिए ।
बुटवल उपमहानगर कमिटीका अध्यक्ष चिन बहादुर गुरुङको अध्यक्षतामा पार्टी बुटवल नगर कमिटी उपाध्यक्ष रुक्मागत घिमिरलेको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन नगर सचिव लोकराज शर्माले गरेका थिए ।
यसैगरी एकीकृत समाजवादी बुटवल उपमहानगरपालिका वडा नं १ को शनिबार बिहान जितगढीमा सम्पन्न वडा भेलाले सुशील कुमार भुजको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा धनु श्रेष्ठ, सचिवमा मदन सिंजाली, सह– सचिवमा जावेद अन्सारी, कोषाध्यक्षमा सायदा खातुन र सदस्यहरुमा राजु वरण, संगीता कानु, सेरुन निशा, ससिया खातुन, रेशमा खातुन, राजु विक, कन्हैया कानु, सम्साद अली, रामचन्द्र थापा, केशव मगर, रमेश विक, मनोज सुनार, आजाद शाह, सुनिल वरुण, हाजिरी खातुनलगायत चयन भएका छन् ।
भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा ( एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा। बालकृष्ण चापागाईंले यात्रा समाजवादको गन्तव्य समृद्धिको नारालाई सार्थक बनाउनु पर्नेमा जोड दिदै आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए ।
मुलुकको विकासका लागि महत्वपूर्ण एजेण्डा एकीकृत समाजवादीसंग भएको चर्चा गर्दै उनले बुटवलको जितगढी एकीकृत समाजवादीको किल्ला भएको बताए । त्यस्तै गरी कार्यक्रममा विशिष्ट अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङ्गले बुटवल नगरपालिकाभित्र भएका भ्रष्ट्राचारहरुको भण्डाफोर गरे ।
जगत क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जुद्ध बहादुर केसी, पार्टी रुपन्देही सह– सचिव सरिता श्रीस, पार्टी प्रदेश कमिटी सदस्य कमल भण्डारी, पार्टी बुटवल नगर कमिटी अध्यक्ष चिन बहादुर गुरुङ्ग, पार्टी बुटवल नगर कमिटी उपाध्यक्ष रुक्मागत घिमिरे, जिल्ला कमिटी सदस्य सुनिल शाक्यलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)