बुटवल,चैत्र १९ ।
गाेजीमा एक किलोको ढक राखेर म्यादी प्रहरीमा भर्ना हुन गएका एक युवा कपिलबस्तुमा पक्राउ परेका छन् । उनले आफ्नाे ताैल कम भएपछि जुक्ति निकालेका थिए ।
तौल कम भएपछि उनले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको हाे। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।
उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्याउन उनले यस्तो गरेको प्रहरी बताउँछ ।
कपिलवस्तु मा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएका छन्छ । १ हजार ४५४ जना महिला छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)