बुटवल,कार्तिक २-
कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन । उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो ।
टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ । हाल ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको अस्पतालले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)